डिएमएसको वर्तमान ‘आकाश’
सहकारी क्षेत्रमा डिजिटल कागजात व्यवस्थापनको कुरा गर्दा दशैं आएको जस्तो पूर्ण खुलेको आकाश त छैन तर कालो बादलको बिम्ब पनि यसलाई सुहाउँदैन । ‘अहिले हामीसँग ५ सय प्लस सहकारी आवद्ध छन्, ’आकाश डिजिटल प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत टंक अधिकारी बताउनुहुन्छ, ‘अर्को भनेको नेफ्स्कूनले चलाइरहेको स्तरीकरण कार्यक्रम र त्यसमा पनि एक्सेसमा आवद्ध लगभग सहकारीहरु आकाश डिजिटलमा जोडिनुभएको छ । रुपन्देहीको जनउत्थान साकोसले विगत ३ वर्षदेखि आकाश डिटिजलबाट डकुमेन्ट अटोमेशन गरेको छ ।’
हाल पोखरा रोयल, जनसचेतन, बुडोल सामुदायिक, चण्डेश्वरी, विन्दवासिनी, जनकल्याण, कोलिय देवदह, नवजीवन, राजश्री, एनएमसी लगायत संस्थाहरूसँग कम्पनीले दीर्घकालीन सहकार्य गर्दै आएको जनाएको छ । ‘हामी अहिले सातै प्रदेशमा पुगेका छौं, ’ सिईओ टंकले जानकारी गराउनुभयो, ‘५९ जिल्लामा हाम्रो सहकार्य रहेको छ । हामी मुगुमा पनि छौं, दार्चुला, अछाम, बाजुरा, झापा, कञ्चनपुर, पर्सा, लगायतमा फैलिएका छौं । काठमाडौं जिल्लामा मात्रै करिब १ सय संस्थासँग सहकार्य छ ।’
केही साता अघि काठमाडौंमा भेटिनुभएका कम्पनी अध्यक्ष सुजन बाबु अधिकारी र सिईओ टंक अधिकारीले धिप्री डटकमसँग भन्नुभयो, हामी पायोनियर नै हौं । मुलुकको सहकारी क्षेत्रमा डिएमएसको अगुवा । भोलिका दिनमा हाम्रो पदचाप अरुले पछ्याउने हुन् ।’
के हो डिएमएस ? कसरी हुन्छ काम ?
सरल भाषामा बुझाउनुपर्दा, सहकारी क्षेत्रको वित्तीय पाटोको प्रविधिकरण गर्ने काम सिबीएस (कोर बैंकिङ सिष्टम) ले गर्छ भने गैर वित्तीय कारोबार (कार्य) हरुको प्रविधिकरणको काम डिएमएसले गर्छ । यो एउटा सफ्टवेयर हो जसको निर्माण गरी बिक्री वितरण तथा प्रवर्धनको 'आकाश' अहिले आकाश एक्लै थामिरहेको छ भन्दा अत्युक्ति नहोला । नेपालमा हाल सहकारीमा डिएमएस सफ्टवेयर सेवा प्रदायक एकमात्र कम्पनी आकाश डिजिटल प्रा. लि. भएको अध्यक्ष र सिईओ अधिकारीले दाबी गर्नुभयो ।
अध्यक्ष सुजनबाबुले बुझाउनुभयो, ‘हामी नन फाइनान्सियल डेटाको डिजिटलाइजेशनमा काम गर्छौं । एउटा सहकारी संस्थामा आवश्यक कागजातहरुको प्रविधिकरण (डिजिटाइजेशन अफ अल द पेपर वर्क इन्भल्भड इन अ कोअपरेटिभ) । डाटा स्टोर गर्ने, अटोमेटिक डाटा जेनेरेट गर्ने, अप्रुभल फ्लो, कुनै स्टाफले एउटा पत्र लेखेपछि मिल्यो कि मिलेन भनेर प्रिन्ट गरेर प्रुफ रिडिङको लागि लानुभन्दा त्यो आकाश डिजिटलको सिष्टमबाटै इन्ट्री गर्ने र म्यानेजरले आफ्नै टेबलबाट सम्पादन गरी अप्रुभल दिने र दस्तखतसहित रिशेप्सनले प्रिन्ट आउट गर्ने काम गर्दछ जसले गर्दा ह्युमन टु ह्युमन होइन सिष्टम टु सिष्टम कम्युनिकेट हुन्छ ।
यसले गर्दा समय, स्रोत र लागतमा मितव्ययीता सम्भव हुन्छ ।’ आवश्यक कुरामा वित्तीय कारोबारसँग पनि इन्टिग्रेशन गरिने उहाँले उल्लेख गर्नुभयो, ‘सदस्यको शेयर कति छ, बचत कति छ, ऋण कति छ भन्ने विषयय सीबीएस सफ्टेवयरले गर्छ भने हामी भने त्यसका लागि आवश्यक डाटा सेयर गर्छौं ।’
आकाश डिजिटलः सहकारी संस्थाले कसरी प्रयोग गर्छ ?
अध्यक्ष सुजन बाबु स्टोरी सुनाउनुहुन्छ, ‘आकाश डिजिटल ‘डकुमेन्ट म्यानेजमेन्ट सिष्टम’ हो । त्यही भएर हामीले यसलाई डिएमएस भनेका छौं । सहकारी संस्थाको सीबीएस हुन्छ त्यससँग डीएमएसको इन्टिग्रेशन हुन्छ ।
एउटा व्यक्ति कुनै सहकारी संस्थामा सदस्य बन्न जाँदा सदस्यता आवेदन फारम भरिन्छ, केवाईएम (नो योर मेम्बर) भरिन्छ । त्यहीबाट आकाश डिजिटलको इन्ट्री हुन्छ । काम शुरु हुन्छ । सदस्यता फारममा लिइने सबै विवरण आकाश डिजिटलको सिष्टममा भरिन्छ । अब उक्त सम्भावित सदस्यको सम्पूर्ण विवरण के भर्ने कसरी भर्ने भन्ने कुरामा संस्था र फ्रन्ट डेस्कमा काम गर्नेलाई चिन्ता भएन ।
सदस्य वा सम्भावित सदस्यको सबै विवरण आकाश डिजिटलको सिष्टममा नै कम्प्युटराइज्ड हुन्छ । जसले गर्दा संस्थाका लागि आवश्यक कागजात जेनेरेट हुन्छ । त्यो ऋण प्रयोजनको लागि वा सञ्चालक सदस्य बन्न निर्वाचन प्रक्रियाको लागि होस् वा तमसुक बनाउन होस् वा अन्य कुनै पनि कामको लागि जब कुनै सदमिनट्सस्यको विवरण वा जानकारी चाहिन्छ त्यो आकाश डिजिटलको डिएमएसबाट सहजै प्राप्त गर्न सकिन्छ ।
जस्तो किः ऋण माग फारम, ट्रेसको लागि नक्सा, र स्वीकृत भैसकेपछि परिवर्तन गर्न नमिल्ने गरी तमसुक, मागफारम, प्रतिज्ञापत्रहरु, ताकेतापत्र, मञ्जुरीनामा, फाइभ (सिक्स) सी विश्लेषण, धनजमानी, ऋण सदुपयोगिता विवरण, लिलामी सूचना, सञ्चालक समितिको बैठकको मिनिट्सहरु, लगायतका कागजमा गर्नुपर्ने सबै कुरा सिष्टमले अटोमेटिक जेनेरेट गर्दछ ।
बारम्बार सदस्यसँग कागजात मागिरहनुपर्दैन र कर्मचारीले पनि मानौं धनजमानीको लागि आवश्यक नाम, ठेगाना, बाबुबाजेको नाम लगायत आवश्यक विवरण भरेपछि सिष्टमले अटोमेटिक धनजमानी जेनेरेट गर्छ । र यी सबै काजगातहरु संस्थाको आफ्नो नीति अनुसार कस्टमाइज गर्न सकिन्छ । यसले गर्दा संस्थाका लागि पनि झन्झटिलो हुँदैन, बारम्बार सूचना लिइरहनुपर्दैन र एउटै ठाउँबाट विवरण लिन सकिन्छ ।
यसले गर्दा सूचना तथा जानकारी मिसम्याच पनि हुँदैन । त्रुटी न्यूनीकरणमा पनि यो सहयोगीसिद्ध हुन्छ । एउटै व्यक्तिको नाम कहीं के कहीं के, थर फरक पर्ने, नागरिकता नम्बर फरक पर्ने जस्ता समस्या हुँदैन । एकपटक सही विवरण इन्ट्री गरेपछि त्रुटि हुँदैन ।’
जति इन्फरमेशन सीबीएसमा छ त्यहीबाट लिइन्छ र बाँकी आकाशबाट इन्फरमेशन लिएर एउटा कर्मचारीले संस्थाको प्रयोजनका लागि आवश्यक डकुमेन्ट जेनेरेट यसले गर्दछ । त्यसैले त आकाश डिजिटलको नारा नै ‘डिमान्डदेखि लिलामसम्म’ भएको उहाँले जानकारी गराउनुभयो । एउटा सदस्यको नाम वा सदस्यता नम्बर सर्च गरेपछि सबै कुरा सजिलै थाहा पनि हुन्छ ।
WhatsApp Image 2025-09-02 at 08.45.43_cc38f273.jpg
काममा व्यस्त आकाश डिजिटलका कर्मचारीहरु
अर्को एउटा उदाहरण सुजन बाबुले प्रस्तुत गर्नुभयो, ‘अधिकांश संस्थाहरुले हातले मिनिट्स लेख्छन् । कतिपयले कम्प्युटर टाइप गरेर ढड्डामा टाँस्छन् । यसो गर्दा, दुई वा केही वर्षअघिको मिनिट्स हेर्न ढड्डा पल्टाउनुपर्यो । तर, आकाश डिजिटलमा मिनिट्स राखेपछि कहिलेको मिनिट्स, उपस्थिति, निर्णय आदि सबै रेकर्ड सजिलै हेर्न सकिने भयो । हामीले समितिको विवरण पहिल्यै राखेर सञ्चालकहरुको हस्ताक्षरसहित उपलब्ध हुन्छ र त्यसलाई प्रिन्ट गरेर त्यही अपलोड गरेर राख्न पनि सकिन्छ । यसले गर्दा कुनै विषययमा छलफल भएको थियो निर्णय भयो भएन भनेर थाहा पाउन वर्षौं अगाडिका मिनिट्स बुक पल्टाउन कठिन हुन्छ । तर, आकाश डिजिटलमा गएर कुन विषयय हो भनेर खोज्ने बित्तिकै निर्णय भए नभएको कहिले भएको सबै सहजै जान्न सकिन्छ ।
त्यस्तै, ड्राइभ सेयरिङ फिचर पनि आकाश डिजिटलले उपलब्ध गराएको उहाँले जानकारी गराउनुभयो । ‘अफिसमा फाइल सेयरिङ गर्दा सामान्यतया हामी इमेल वा गुगल ड्राइभ युज गर्छौं, सुजन बाबुले भन्नुभयो, ‘आकाश डिजिटलले पनि ड्राइभ उपलब्ध गराएका छौं त्यसमा आफ्नो नीति, विनियम वा कुनै सामाग्री अपलोड गरेपछि कसकसलाई सेयर गर्ने हो सकिन्छ । त्यसलाई पनि कस्टमाइज गरी समयसीमा र व्यक्ति सीमितता तोक्न पनि सकिन्छ ।
त्यस्तै संस्थाहरुको दर्ताचलानी प्रक्रियालाई पनि आकाशले अटोमेशन गर्न सकिन्छ । अरु त अरु गुनासाहरु पनि इन्ट्री गरी त्यस उपर के कस्ता कामकारवाही भए भनेर पनि अटोमेशन गर्न सकिन्छ । र, टास्क म्यानेजमेन्ट (टास्क असाइनमेन्ट, रेफरल, कम्प्लिसन, फलो अप (टास्क वा लोन दुबै) को काम पनि । यसले गर्दा आकाश डिजिटलले संस्थाका सबै गैरवित्तीय कामहरुलाई अटोमेशन गराएको दाबी हामीले गरेका हौं ।’
एउटा कर्मचारीले आज कति जना ऋणीलाई फोन गर्यो, को कसले के भने, अर्को पल्ट कसकसलाई कहिले फलो अप गर्ने, आदि सबै विवरण र अर्को पल्ट कुनै काम कसैलाई गर्न भनिएको छ भने त्यही कर्मचारीको ड्यासबोर्डमा उक्त टास्क देखिने सुविधा उपलब्ध छ । ‘एउटा ऋणीको सुरुदेखि अन्त्यसम्म कसले, कहिलेकहिले फलो अप गर्यो र के जवाफ वा प्रतिक्रिया आयो आदि सबै रेकर्ड रहने भयो, ’सुजनबाबुले भन्नुभयो, ‘कर्मचारीले छोडेर जाँदा पनि त्यसको रेकर्ड खोज्न अन्त जानुपरेन वा फाइल पल्टाउनुपरेन । ऋणीको हिस्ट्री सबै सहजै उपलब्ध हुनेभयो ।’
यी सबै काम गरेपनि यसलाई ‘पेपरलेस’ भने भन्न मिल्दैन । ‘यो अटोमेशन हो, डिजिटल अटोमेशन हो, सुजनबाबु भन्नुहुन्छ, ‘आजको दिनसम्म पनि नेपालको कानुनले डिजिटल दस्ताबेजलाई मान्यता दिएको छैन । सबै कुरा तयार गरेर प्रिन्ट गरिन्छ र संवेदनशीलता तथा भोलिको सुरक्षा ख्याल गरी सही गराएर पुनः अपलोड गरी क्लाउडमा राख्न सकिन्छ । शाखा भएका सहकारीहरुलाई यो सिष्टम थप प्रभावकारी हुने अवस्था छ । तर भोलि त हामी हुने पेपरलेश नै हो । कानुनले सहजता प्रदान गर्ने बित्तिकै तयार पनि छौं ।’
सिईओ टंकले जोड्नुभयो, ‘यहाँनेर अर्को कुरा के छ भने, डिजिटल हस्ताक्षरलाई मान्यता दियो भने पनि भेरिफिकेशनमा समस्या छ । कर्मचारीले इन्फरमेशन इनपुट गरेर १० लाखको तमसुक बन्यो भनेर जानकारी गराउँदा भेरिफाई कसरी गर्ने ? गलत नियत भएको व्यक्तिले दायाँबायाँ ल्याप्चे लिइसकेपछि जति पनि रकम राख्न सक्छ । केही त केही अथेन्टिकेटर हुनुपर्यो । यतिको तमसुक बनाउने हो भन्दा हेरेर पढेर हो भनेर सदस्यकोमा जानकारी गएर त्यहाँबाट भेरिफाईभएपछि बल्ल अप्रुभ हुनुपर्यो नि त ? वन वे ले अप्रुभ हुन सक्तैन ।
ल्याप्चे लगाइसकेपछि तपाईको लोन भयो खातामा पैसा गयो है भनेर पठाउँदै गर्दा भयो १० लाखको ठाउँमा कागज १२ लाखको बन्यो भने ? तपाईले त्यसको भेरिफाइ गरेपछि सिष्टममा चेन्ज हुन भएन । त्यस्तो अथेन्टिकेटर हुनुपर्छ । यसतर्फ पनि सोच्नुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।
518654709_1427581788718885_4496031618036664992_n.jpg
undefined
संख्या, स्तर र स्टेटस
कामको प्रकृत्तिसँग सहकारीको संख्या र इकोसिष्टमलाई ध्यानमा राखेर आकाश डिजिटलले योजना र लक्ष्य मोडिफाइ गरेको अधिकारीद्वयले जानकारी गराउनुभयो । ‘मुलुकमा विद्यमान ३२ हजार बढी मध्ये प्रविधिमा वार्षिक १ लाख (सीबीएस र डिएमसए गरेर) खर्च गर्न नसक्ने सहकारीहरु थुप्रै छन्, ’टंकले अवस्था चित्रण गर्नुभयो, ‘कतिपय सहकारीमा वर्षमा ५०–६० वटा मात्रै ऋणको कारोबार हुन्छ । एक जना कर्मचारीले चलिरहेको छ भने त सफ्टवेयर चाहिएन, खर्च बढी हुन्छ । हाम्रो अध्ययनले भन्छ अहिलेको परिस्थितिमा आकाश डिजिटल जानसक्ने सहकारी भनेको केवल ३ हजारमा मात्र हो ।’
सोही कारण आकाश डिजिटलले अब संख्या भन्दा गुणस्तरलाई प्राथमिकतामा राखेको छ । ‘भद्रगोल बनाएर २ हजार सहकारीलाई सेवा दिएजस्तो गर्नुभन्दा वा देखाउनुभन्दा १ हजारलाई दिन्छौं तर व्यवस्थित र बलियो दिन्छौं भन्ने हो, ’उहाँले भन्नुभयो, ‘र, त्यसमा हामी प्रतिवद्ध छौं ।’ २०७३ सालमा स्थापना भएको आकाश डिजिटलमा हाल विभिन्न विभागहरूमा गरी करिब २५ जनाको दक्ष जनशक्ति कार्यरत छन्। यसमा प्राविधिक टोलीका ८ जना विशेषज्ञ, ग्राहक सपोर्ट कर्मचारीहरू, लेखा तथा प्रशासनिक कर्मचारी, कम्प्लेन ह्यान्डलिङ यूनिट, साथै सञ्चालकहरू सुबास आचार्य र अधिकारीद्वय समेत समावेश हुनुहुन्छ ।
चुनौतीः आन्तरिक कम, बाह्य बढी
‘सहकारीहरु प्रविधिमा इन्भेष्ट गर्न हिच्किच्याउँछन् । सशंकित छन् सन्देह गर्छन् । प्रविधि सचेतना कम छ । अहिले पनि धेरै सहकारीहरुमा डिएमएस के हो ? किन पैसा खर्च गर्नुपर्यो ? कर्मचारी छदैछन्, म्यानुलनै चलिरहेको छ’ भन्ने अवस्था भएको अधिकारीद्वयले बताउनुभयो ।
अर्को भनेको सीबीएस नभइकन नहुने भयो तर यो नहुँदा हातैले पनि गर्न सकियो । त्यही भएर पनि संस्थाहरु लगानी गर्न हिच्किच्याइरहेको टंकले बताउनुभयो । त्यसमाथि सहकारीको अकाउन्टिङ सफ्टवेयर राखेका संस्था पनि हुनुपर्यो त्यो क्षमता नभएका संस्थाहरु पनि थुप्रैछन् । डिएमएसले संस्थालाई सुशासित, दिगो, व्यवस्थित र व्यावसायिक अनि प्रतिस्पर्धी बनाउँदछ भन्ने चेत नै धेरै सहकारी सञ्चालक तथा व्यवस्थापनमा नभएको सुजनबाबुले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले सहकारीको कूल संख्यासँग जोडेर हेर्ने हो भने आधा भन्दा बढी सहकारीमा यो समस्या छ । त्यो किन भनेको भने कति सहकारी त खोला तथा कति झोलामा छन् । सञ्चालनमा रहेकामध्ये पनि थोरैलाई मात्र यसको ज्ञान र आवश्यकता बोध भएको छ । अर्को भनेको सहकारी संस्थाको नियन्त्रण बोर्डमा छ तर हामी व्यवस्थापनलाई बुझाउँछौं यसले गर्दा पनि ग्रोथमा समस्या छ । सिष्टमभित्रको च्यालेन्ज भने हामीले धेरै अनुभव गरेका छैनौं । सिष्टमलाई अपग्रेड गर्दै लाने त विषयय छदैछ, सबै संस्थाका पृथकताहरुलाई सम्बोधन गर्ने गरी कस्टमाइज गर्ने विषयय एउटा छ जुन हामी गरि पनि रहेका छौं तर ढुङ्गै लाग्ने आन्तरिक समस्या छैैनन ।’
‘कस्टमर फिडब्याक’ कमजोर नभएको अधिकारीद्वयको दाबी छ । टंकले सुनाउनुभयो, ‘यो सफ्टवेर यस्तो रहेछ, समस्या आयो भन्ने सुनिएको छैन । जसले प्रयोग गर्नुभएको छ उहाँहरुले अनुमान गरेको भन्दा अब्बल सफ्टवेयर पाएका छौं भन्नुभएको छ । सफ्टवेयरबारे कुरा गर्दा महंगो जस्तो सुनिएपनि प्रयोग गरेपछि यो वर्थ हुन्छ । सीबीएस भन्दा महत्वपूर्ण कुरा हो यो ।
सीबीएसले फाइनान्सियल कुरा कन्ट्रोल गर्छ, जति पनि काम कुरा गर्छौ सबै कागजमा चाहियो र ती संवेदनशील, सुरक्षा र कानुनी दृष्ट्रिकोणले महत्वपूर्ण दस्तावेज अटोमेशन गर्ने काम डीएमएसले गर्छ । कर्मचारीको लागत पनि कम पर्छ ।
DSC03873_11zon.jpg
अध्यक्ष र सिईओ अधिकारी (बायाँबाट)
कार्यथलो कास्की
आकाश डिजिटलको मुख्य कार्यालय कास्कीको पोखरा–८ न्यूरोडमा छ । यो क्लाउड बेस्ड अनि सहकारी संस्थालाई खट्किएको सफ्टवेयर हो, ’टंकले भन्नुभयो, ‘भौतिक उपस्थिति कमै चाहिन्छ । फेरि, हामी कास्कीकै भएकाले उतै अफिस राखेका हौं । तर हाम्रो बुटवल, विरगंज, इटहरीमा च्यानल सहयोगीहरु हुनुहुन्छ ।’ कार्यालय कास्कीमा भएर खासै असर नपरेको बरु सहज भएको अधिकारीद्वयले दाबी गर्नुभयो ।
सुजन बाबु अध्यक्ष भएका कारण कम्पनीको ग्रोथको लागि आवश्यक पर्दा मात्र देशदौडाहामा खटिनुहुन्छ । स्टाफको तहभन्दा पनि डीएमएस सहकारीहरुलाई बुझाउनुपर्ने भएकाले महिनाम एकपटक भएपनि टंकसँग आफै हिड्ने गरेको सुजन बाबुले बताउनुभयो । धिप्रीको भेट यसै सिलसिलामा हालै अधिकारीद्वय काठमाडौं आएका बखत भएको थियो ।
‘आकाश’ नै अगुवा
सहकारीमा सिबीएसको समय आजभन्दा १० वर्षअघि थियो भने आज डिएमएसको भएको दाबी दुबै जनाको थियो । ‘भोलि प्रतिस्पर्धी आउँलान् तर आज हामी निर्विकल्प हो, ‘दुबैले एउटै भ्वइस थियो, ‘भोलि आउनेलाई सजिलो पनि बनाइदिएका छौं । सहकारी क्षेत्रमा हामी सोलो नै हौं । भोलि अर्को कम्पनीले नयाँ ग्राहक बनाउन खोज्दा आकाश डिजिटलको जस्तो काम भनेर हामीलाई नै उल्लेख गर्छन् ।’
टंक थप्नुहुन्छ, ‘आजको दिनमा सहकारीमा डिएमएस भनेर हामीले ५ सय सहकारीलाई बुझाएका छौं । यस्तो भनेर उदाहरण दिने चीज छैन । भोलि हाम्रा कम्पिटिटरलाई सजिलो हुन्छ । अगुवाको अर्थ त्यो दुःख पनि हो र आत्मसन्तुष्टि पनि ।’
उसो त, सीबीएस प्रदायक कम्पनीहरूले पनि डिएमएस सेवा उपलब्ध गराउने प्रयास नगरेका होइनन्। तर, अहिले सम्म आकाश डिएमएस जस्तो परिपूर्ण र व्यावहारिक समाधान बजारमा आएको देखिएको छैन। सोच्दा सजिलो लागे पनि, डिएमएस वास्तवमै अति संवेदनशील र गहिरो विषय हो। यसबारे आकाश डिजिटलका प्रमुख कार्यकारी अधिकृत टंक प्रसाद अधिकारी भन्नुहुन्छ, ‘डिएमएसभित्रका सूक्ष्म र मिहिन पक्षहरू धेरै छन्।’
‘हामी नेपालका केही प्रतिष्ठित सीबीएस कम्पनीहरूसँग एपीआई एकीकरण (API Integration) गरेर डिएमएस प्रणालीलाई सहज बनाउन पहल गरिरहेका छौँ। त्यस्तै, केही सीबीएस कम्पनीहरूले पनि डिएमएसमा सहकार्य गर्ने प्रस्ताव अघि सारेका छन्, जसबारे अहिले छलफल भइरहेको छ।
आकाश डिजिटलका अनुसार, सदस्यहरूको डेटामध्ये डिएमएस सञ्चालनका लागि आवश्यक अंश मात्र सीबीएस सफ्टवेयरसँग इन्टिग्रेट गरिन्छ। यसरी डेटा सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सुरक्षित इन्टिग्रेशन प्रविधि अपनाइएको छ।
हाल आकाश डिजिटल प्रा.लि. मार्फत सहकारी क्षेत्रको कागजात व्यवस्थापन प्रणाली (डिएमएस) लाई एक हिसाबले भन्नुपर्दा नयाँ स्तरमा रूपान्तरण (Revolutionize) गरिएको दाबी अधिकारी ब्रदर्शले गरेका छन्।
WhatsApp Image 2025-09-02 at 08.45.43_37269833.jpg
कर्म नै पूजा
सुरक्षित ‘आकाश’
आकाशले आफ्नो डाटा 'डाटा हब' मा सुरक्षित गरेको दाबी गरेको छ । ‘टंकले भन्नुभयो, ‘यो पूर्णतया क्लाउड–बेस्ड सफ्टवेयर हो। हामीले नेपालमै अवस्थित डेटा सेन्टर प्रयोग गरेका छौँ। नियामकीय व्यवस्था अनुसार आवश्यक सुरक्षा प्रबन्धहरू डेटा सेन्टरले नै सुनिश्चित गरेको हुन्छ। थप सतर्कताका लागि हामी दिनमा दुई पटक डिजास्टर रिकभरी (DR) प्रणालीमा ब्याकअप पठाउँछौँ। साथै, हाम्रो आफ्नै कार्यालयमा पनि सर्भर मेन्टेन गर्ने प्राविधिकले प्रत्येक राति ११ वा १२ बजेतिर लोकल ब्याकअप लिन्छन्। यसले गर्दा डाटा सुरक्षामा कुनै समस्या आउँदैन।’
घरैबसी ऋण माग
सदस्यलाई अहिले घरमै बसेर ऋण माग गर्ने सुविधा उपलब्ध गराएका छौं । एउटा सदस्यले सदस्यता नम्बर, आफ्नो मोबाइल नम्बर र संस्थाको युनिक आईडी भरेपछि आवश्यक सबै सूचना र विवरण सिष्टमले खुलाउँदछ र त्यसकै आधारमा कुन शीर्षकमा कति ऋण कति समयका लागि के धितो राखेर माग गर्ने हो आदि आवश्यक सबै घरबाटै वा आफू बसेको जहीबाट पनि भर्न मिल्दछ । त्यसकै आधारमा संस्थाले त्यसको रिभ्यू गर्नसक्दछ । यति मात्र होइन, त्यो ऋण निवेदन प्रक्रिया के भयो कहाँ पुग्यो भन्ने आफू जहाँबाट भएपनि हेर्न बुझ्न सकिन्छ, संस्थामा उपस्थित भैरहनुपदैन ।
ल्याप्चे लाउन मात्र पुग्दा हुन्छ । यदि सरकारको कानुनले दिने हो भने फिङ्गर प्रिन्ट पनि इन्टिग्रेट गरेका छौं । जसरी मालपोत कार्यालयमा गएर फिङ्गर प्रिन्ट गरेर डेटा रेकर्ड गरिन्छ, यसरी नै आकाश डिएमएसमा पनि गर्न सक्छ । भोलि त्यही सदस्य हो कि होइन भनेर प्रामाणिकता पनि उपलब्ध गराउन सक्छ तर अहिलेको अवस्थामा कानुनी सहजता नहुँदा मात्र समस्या हो अन्यथा हामी तयार छौं । यति सम्म सुविधा हामीले उपलब्ध गराएका छौं ।
DSC03820_11zon.jpg
अध्यक्ष अधिकारी
महत्व अनि लागत
आकाश डिजिटलको सफ्टवेयर जडान गर्दा सुरुवाती लागतसहित वार्षिक एएमसी (AMC) शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। अधिकारीद्वयका अनुसार-“डाटा सेन्टरमा सुरक्षित रूपमा डाटा राख्नु र सफ्टवेयरको नियमित एएमसी गर्नु अनिवार्य हुन्छ। साना सहकारीका लागि यसलाई प्रारम्भिक चरणमा केही खर्चिलो महसुस भए पनि ठूला सहकारी संस्थाहरूका लागि यो अत्यावश्यक आवश्यकता हो।
परिकल्पना ‘पेपरलेस’को
सहकारीकर्मीहरूको सोच र सक्रियतामा आएको समानताका कारण नै आकाश डिजिटलले महत्वपूर्ण सफलता हात पार्न सकेको हो। तर, अझ धेरै काम गर्न बाँकी छ, लक्ष्य अझै टाढा छ। सहकारी मोडल र माइक्रोफाइनान्स मोडल उपलब्ध गराउँदै आएको आकाश डिजिटलको मूल परिकल्पना भनेको ‘पेपरलेस’ प्रणाली हो। कानुनले अनुमति दिएमा हामी पूर्ण रूपमा पेपरलेस मोडल कार्यान्वयन गर्न तयार छौँ ।’
संख्यात्मक हिसाबले ५ सयबाट प्राप्त प्रतिफललाई पनि उहाँहरुले सक्सेस भन्नुभएको छ । टंकको दाबी छ, हामी सहकारीमा सक्सेस भैसक्यौं अब हाम्रो रिसर्च अन्य वित्तीय संस्थाहरुमा पनि हो । अहिले हामीले सहकारी र लघुवित्त मोडल अफर गरेका छौं विस्तारै अन्य बैंक तथा वित्तीय संस्थासम्म पनि पुग्ने हो र विदेशतिर पनि हाम्रो भावी योजना छ ।
मानव संशाधनको विषयय तलब सुविधाहरुसँग जोडिने भएकाले अहिले नगरेपनि भविषय्यमा सम्भावना रहेको उहाँहरुले बताउनुभयो । हातले लेख्नुपर्ने काम अब गर्नुनपरोस् भन्ने नै हाम्रो ध्यान हो । म सदस्य बन्न पाउँ भनेर हातले निवेदन लेख्नुपर्दैन अब ।
सम्भावित सदस्यको विवरण संस्थाको कर्मचारीले आकाश डिजिटलको सिष्टममा प्रविषय्टि गरेपछि सबै फर्म भरेर सही ल्याप्चे मात्र गर्ने गरी तयार हुन्छ । त्यसपछि भोलि सदस्य बनेपछि उक्त व्यक्तिको सम्पूर्ण अपडेटेट विवरण संस्थासँग हुन्छ र जे प्रयोजनका लागि पनि त्यसको सहज र शुलभ प्रयोग गर्न सक्दछ ।
WhatsApp Image 2025-09-02 at 08.45.44_64054c16.jpg
काममा व्यस्त आकाश डिजिटलको मानव संशाधन
मित्रताले जन्मियो आकाश डिजिटल
‘करिब २२ वर्षको उमेरमा सहकारी संस्था खोलौं भन्ने लागेर साथीहरुसँग मिली स्थापना गरेका थियौं,’ उहाँले सुनाउनुभयो, ‘म पनि सुरुवाती टोलीमा थिएँ । उमेरले अलि पाका अर्का एक साथीलाई नेतृत्व दिइएको थियो । त्यसबेला कास्कीमा ५ वटा वडा मात्र कार्यक्षेत्र दिने चलन थियो । सबैतिरको समेटेर २८–३० जना भएर सहकारी संस्था स्थापना गरेका थियौं । त्यही सहकारी संस्थामा पनि टंक सर जोडिनुभयो । त्यही नै हाम्रो आजको सहकार्यको प्रस्थान विन्दू बन्यो ।’
’
राम्रो अवसर मिलेपछि टंक अर्को सहकारी संस्थामा जानुभयो । दुईवटा सहकारी संस्थामा गरी १० वर्ष काम गर्दा उहाँले कार्यालयको कागजात व्यवस्थापनमा जे जस्ता समस्या भोग्नुभयो, तिनलाई नै सम्भावना पनि देख्नुभयो । म्यानुअल गरेका कामहरुलाई कसरी प्रविधिसँग जोडेर व्यवस्थित, दिगो र व्यावसायिक बनाउन सकिन्छ भनेर निक्कै सोच्नुभयो । हातले लेख्ने तमसुकदेखि हातले लेखेका पत्रहरुलाई कम्प्युटराइज्ड गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । र त्यसको ‘अप्रुभल फ्लो’ भए हुन्थ्यो भन्ने सोच्नुभयो । यी विषययहरु खट्किए । चामलमा ढुङ्गा अड्किए झैं भए । त्यसैले ती ढुङ्गाहरु हटाउने उपाय सोच्न थाल्नुभयो । आफैले सफ्टवेयर बनाउनुभयो ।
सहकारीमै काम गर्दा गर्दै त्यो पाइलटिङका लागि केही सहकारीहरुलाई दिनु पनि भयो । आफ्नै संस्थामा पनि चलाउनुभयो । पूर्वदेखि पश्चिमका केही सहकारी संस्थाले टंकले विकास गरेको सफ्टवेयर प्रयोगमा ल्याएका थिए । सँगै उहाँ आफ्नै संस्थामा आफैले पनि प्रयोग गरिरहनुभएको थियो । यसले त्यो अवस्थामा देखिएका कमजोरीहरु सुधार्दै सफ्टवेयरलाई परिस्कृत गर्दै लाने अवसर पनि दियो । अनलाइन चलाउन थाले उनीहरुले र त्यो परीक्षणले प्रतिफल दिन थालेको प्रतिक्रिया प्राप्त भएँ ।
यसैबीच, टंकले सोच्नुभयो, ‘मुलुकभरका सहकारीहरुलाई यो सफ्टवेयर आवश्यक छ । यसको सम्भावना समुद्रझैं गहिरो र फराकिलो छ । म एक्लैले भन्दा टीममा काम गर्न पाएँ भने ठूलो भोलुममा काम गर्न सकिन्छ । नेटवर्क पनि बढ्छ र नेटवर्थ पनि ।’ एक्लैले गर्न पनि कठिन, लगानी पनि अधिक, जोखिम पनि बढी त्यो भन्दा अहिले बढी महत्वाकांक्षी नबनी मिलेर जानुपर्छ होस्टेमा हैंसे पनि हुन्छ ।’सहकार्यको खोजीमा लागिरहेका बेला टंक प्रसाद अधिकारीको मनमा पुराना साथी सुबास आचार्य र सुजन बाबु को सम्झना आयो।
किनभने, सुबास आचार्य र सुजन बाबु दुवैजना सूचना–प्रविधि क्षेत्रमा करिब डेढ दशकको अनुभव बोकेका व्यक्तित्व मात्र होइन, सहकारी क्षेत्रसँग पनि निकट सम्पर्क राखेका थिए। यही सम्भावना देखेर टंकले उनीहरूसँग कुरा गरे, र त्यहीँबाट सुरु भयो सहकार्यको नयाँ यात्रा।
WhatsApp Image 2025-09-02 at 08.43.24_840692e8.jpg
बायाँबाट क्रमशः सुबास आचार्य, सुजन बाबु अधिकारी र टंक अधिकारी
पछि, अर्को विन्दूमा पुगेपछि ठान्नुभयो, ‘होइन म आफैले रिर्सच गरेर विकास गरेको कुरालाई फूलटाइम दिएर अघि बढाएँ भने अझै धेरै पिक अप लिन्छ । मैले स्वामित्वसँगै जिम्मेवारी पनि लिएर काम गरे भने अझ राम्रो हुन्छ ।’ त्यसमा अरु दुई साथीको पनि साथ र विश्वास रह्यो नै । उहाँहरुले ‘यही पुग्ने तलब लिने गरी काम गर्नुस्’ भनेपछि टंक ट्रान्सफर हुनुभयो आकाशमा पूर्णकालीन कर्मचारी अर्थात् सिईओको रुपमा ।
उहाँले भन्नुभयो, ‘२०७९ सालमा मैले सहकारी छोडेर सफ्टवेयर रोजेँ ।’ अहिले आफ्नो काम यसमै रिसर्च गर्ने, आवश्यकताहरु बुझ्ने, विश्लेषण गर्ने र हाम्रो कामसँग त्यसलाई कसरी कनेक्ट गर्न सकिन्छ भनेर लागिपर्ने नै भएको टंकले बताउनुभयो ।
फेरि, टंकको स्नातकोत्तरको थेसिसमै सहकारीको डकुमेन्टेशन किन कमजोर छ भन्ने विषययमा थियो । यसले पनि उहाँलाई यो विषययको गहिराइमा पुगेर समाधानको उपायहरु सफ्टवेयरका मार्फतबाट दिन सहज भयो । अध्ययन, अनुसन्धान, सोच र सपनाको फुल जोडेर उहाँले माला बुन्नुभयो जसले आज आकाश डिजिटलको नाममा सहकारी बजारलाई सुगन्धित बनाउँदै लगेको छ ।
‘झण्डै ६ महिना त देशका उत्कृष्ट सहकारी संस्थाहरुको डकुमेन्ट हेर्न बुझ्न र उनीहरुलाई परेका अफ्ठ्याराहरु जान्न स्थलगत भ्रमण नै गर्यौं, ’टंकले प्रि इस्टाबिलिसमेन्ट पिरियड सम्झनुभयो, ‘सबैका पृथक अभ्यासहरु बुझ्ने, बुझाइहरु संकलन गर्ने, आन्तरिक नीति तथा कार्यविधिबारे जानकारी लिने र त्यही अनुरुप सफ्टवेयरलाई कस्टमाइज गर्न लागिपर्यौं । यी सबै सँगालेर अब हामी बजारमा जान तयार भयौं है भन्ने आकाश डिजिटललाई करिब दुई वर्ष लाग्यो ।’
हाल अधिकारीद्वय र सञ्चालक सुबास आचार्यसहितको लगानी मार्फत कम्पनी अघि बढिरहेको छ।
DSC03833_11zon.jpg
सिईओ अधिकारी
आकाश नाम नै किन ?
आकाशले असिमितता बुझाउँदछ । व्यापकता बुझाउँदछ । सम्भावना जनाउँदछ । फेरि विलियम सेक्सपियरले भनेझैं ‘ह्वाट्स इन अ नेम ? द्याट ह्विच वी कल अ रोज बाई एनी अदर नेम उड स्मेल अ्याज स्वीट ।’ तर आकाशले भने यसको नामको अर्थलाई परिपूरण गरेको छ ।
‘अहिले कम्पनीले सहकारी क्षेत्रमा उल्लेखनीय स्थान बनाउन सफल भएको छ,’ गर्वका साथ टंक प्रसाद अधिकारी भन्नुहुन्छ, “यो उपलब्धि हामीले छोटो समयमै हासिल गरेका हौँ र यसमा हामी गर्वित छौँ।’
दुबै जनाको कुरा सुनिसकेपछि धिप्री डटकमलाई लाग्यो ‘अधिकारी ब्रदर्श फ्रम टु डिफरेन्ट मदर्श आर वर्किङ टु डिजिटल्ली रेभोलुशनाइज द डिएमएस करेन्टली स्पेशलाइजिङ कोअपरेटिभ एण्ड माइक्रोफाइनान्स सेक्टर अफ द कन्ट्री ।’

Found this helpful? Share it.